काठमाडौं । नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गर्दै काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा उडान गर्ने जनाएको हो ।
एयरलाइन्सले असोज ९ गतेदेखि सो उडान गर्नेभएको छ । काठमाडौं–चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको यो पहिलो नियमित उडान हुनेछ ।