सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो

आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

     

    शुक्रबार दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार ६ सय बढेर प्रतितोला दुई लाख १२ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो ।

    त्यस्तै आज चाँदी १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij