बागमती मन्त्रिपरिषद्को बैठक : कर्मचारीको महँगी भत्ता बढाउने निर्णय

बागमती मन्त्रिपरिषद्को बैठक : कर्मचारीको महँगी भत्ता बढाउने निर्णय

शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • बागमती मन्त्रिपरिषद्को बैठक : कर्मचारीको महँगी भत्ता बढाउने निर्णय

    मकवानपुर । बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा कार्यरत निजामती कर्मचारीमध्ये अस्थायी रूपमा कार्यरतलाई दिँदै आएको महँगी भत्ताबापत रु तीन हजारबाट वृद्धि गरी रु पाँच हजारको महँगी भत्ताको सुविधा दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

    त्यस्तै, सो बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा हेटौँडा उपमहानगरपालिका–४ निवासी समाजसेवी बुद्ध लामालाई नियुक्त गरेको छ । सो बैठकले प्रदेशका विभिन्न मन्त्रालयमा छ जना सचिवहरूलाई पदस्थापन गरिएको सरकारका प्रवक्ता तामाङले बताए ।

    पदस्थापना गरिएको सचिवहरूमा क्रमशः ईश्वरचन्द्र मरहठ्ठा भौतिक योजना तथा पूर्वाधार मन्त्रालय, इन्द्रदेव भट्ट ऊर्जा सिँचाइ र खानेपानी मन्त्रालय, बलाराम ढकाल श्रम तथा यातायात मन्त्रालय, झलकराम अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालय, वीरेन्द्रदेव भारती युवा तथा खेलकुद मन्त्रालय र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयमा पदस्थापना भएको उनले जानकारी दिए ।

    सोही बैठकले सरकारको प्रवक्तामा अब आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई नियुक्त गरेको छ । 

    त्यसैगरी, सो बैठकले जिल्ला समन्वय समितिको सहयोग कार्यक्रमअन्तर्गत नियमित खर्च गर्ने अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ । सोही बैठकले चितवनको भरतपुर महानगरपालिका र अष्ट्रेलियाको मेरिवन सिटी काउन्सिलबीच भगेनी सम्बन्ध स्थापित गर्नका निमित्त परामर्श गर्न स्वीकृत प्रदान गरेको छ ।

    उक्त बैठकले  तामाङले राससलाई बताए । सरकारको प्रवक्तामा यसअघि गत साउन २० गते मन्त्रिपरिषद्को बैठकले ऊर्जा खानेपानी र सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई नियुक्त गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij