टप एन्ड टी-२० सिरिज : नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

टप एन्ड टी-२० सिरिज : नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • टप एन्ड टी-२० सिरिज : नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

    काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेश ‘ए’ सँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

    नेपाल आफ्नो पहिलो खेलमा हिजो आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो ।

    त्यस्तै आफ्नो पहिलो खेलमा बङ्गलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो ।

    यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन् ।

    प्रतियोगिताअन्तर्गत नेपालले भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

    अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ ।

    आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij