बागमतीमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त, भक्तपुरका श्रेष्ठ पर्यटन मन्त्री

बागमतीमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त, भक्तपुरका श्रेष्ठ पर्यटन मन्त्री

शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • बागमतीमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त, भक्तपुरका श्रेष्ठ पर्यटन मन्त्री

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।

    मन्त्री परिषद् बिस्तारमा भक्तपुरका शुरेस श्रेष्ठ मन्त्री हुने पक्का भएको छ । नेपाली काँग्रेसका तर्फबाट चाँगुनारायण प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसद श्रेष्ठ पर्यटन मन्त्री नियुक्त हुन लागेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । 

    मुख्यमन्त्री निकट स्रोतका अनुसार, नेपाली कांग्रेस र  नेकपा एमालेको संयुक्त सरकार १४ सदस्यीय रहेको छ । सो मन्त्रिपरिषद्मामा रिक्त पाँच मन्त्री शुक्रवार नियुक्ति गरेर आजैसाँझ सपथ खुवाउँने तयारी भइरहेको बताइएको छ ।

    साउन २० गते नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए । कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको थियो । 

    स्रोतका अनुसारआज सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij