बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अविश्वासको प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । 

    कुल ११० सदस्यीय बागमती प्रदेशसभामा  आज ९२ जना सदस्य उपस्थित थिए । उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा  ६३ जना, विपक्षमा २२ र तटस्थमा ७ जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । 

    नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको उनले घोषणा गरे ।  

    नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उनले आज विश्वासको मत लिएका हुन् । 

    प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij