बाग्मतीका नव नियुक्त मूख्यमन्त्री बानियाँले आज बिश्वासको मत लिँदै

बाग्मतीका नव नियुक्त मूख्यमन्त्री बानियाँले आज बिश्वासको मत लिँदै

मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • बाग्मतीका नव नियुक्त मूख्यमन्त्री बानियाँले आज बिश्वासको मत लिँदै

    काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । 

    नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा ९४० र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

    साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार जोगाउन ११० सदस्यीय बागमती प्रदेशसभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।

    यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ । गत साउन २४ मा सूचना जारी गर्दै दुवै पार्टी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेर मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न निर्देशन गरेका छन् । 

    प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij