बालकलाई हत्या गरी फरार महिला पक्राउ

बालकलाई हत्या गरी फरार महिला पक्राउ

बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • बालकलाई हत्या गरी फरार महिला पक्राउ
    काठमाडौं ।  नौ वर्षीय बालकको हत्या गरी २३ वर्षदेखि फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ मानपुरका ५० वर्षीया बसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
     
    ती महिलालाई काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । विसं २०५९ असार १९ गते सौताको नौ वर्षीय छोरा शरद् शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई  विसं २०६० असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो । तर, पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पु¥याएपछि उनी फरार थिइन् । 
     
    शर्मा काठमाडौँमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो । गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा शर्मालाई मङ्गलबार बिहान  ८ः३० बजेतिर पक्राउ गरेका हो । ती महिलालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij