बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीले लिए शपथग्रहण

बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीले लिए शपथग्रहण

मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीले  लिए शपथग्रहण

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छ जना र कांग्रेसबाट दुई गरी आठ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । 

    मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका  मधुसुदन पौडेल कृृषि तथा पशुपंक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त भएका छन्। 

    यस्तै कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई आज प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij