हेटौडा । बागमती प्रदेशमा आज नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मुख्यमन्त्री नियुक्त भएसंगै बानियाले आजै मन्त्रीपरिषद् गठन गर्ने तयारी थालेका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष अपरान्ह चार वजे सपथ खाएसंगै बानियाले १२ सदस्सीय मन्त्रीपरिषद् गठन गर्ने भएका छन् । जसमा नेकपा एमालेबाट निवर्तमान स्वास्थ्यमन्त्री किरण थापा पुनः स्वास्थ्यमन्त्री बन्ने निश्चित भएको छ । भक्तपुरबाट निर्वाचित थापा प्रदेशकै उत्कृष्ठ कार्यगर्ने मन्त्रीमा परेका थिए ।
त्यसैगरी एमालेका प्रमुख सचेतक मधुशोधन पौडेल कृषिमन्त्री बन्ने भएका छन् । त्यस्तै दोलखाका भरत केशी वनमन्त्री नियुक्त हुने पक्का भएको छ । त्यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापाले बाजी मारेका छन् ।
त्यसैगरी उद्योग मन्त्रालयले महिला नेतृत्व पाएको छ । उदोग मन्त्रीमा बिन्दु श्रेष्ठ नियुक्त हुने भएकी छिन् । भौतिक पूर्वाधारमन्त्रीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा नियुक्त हुने भएका छन् ।