काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आइतबार पदबाट राजीनामा दिने भएका छन् ।
साउन १४ गते सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चुनावमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामामाथि राजीनामाका लागि तीव्र दबाब परेको थियो ।
त्यसक्रममा शनिबार लामा र बानियाँले कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका थिए । देउवासहितको छलफलमा सहमति जुटेपछि मुख्यमन्त्री लामा आइतबार बिहान हेटौंडा आएर पदत्याग गर्ने सहमतिमा पुगेका हुन् ।
साथै, नवनियुक्त मन्त्रीहरूले शपथ लिन पाउने गरी व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।