रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

    नुवाकोट । रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने गरी काम अघि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताए । 

    त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री दहालले सो जानकारी दिएका हुन् । गत असार २४ मा ल्हेन्देखोलाको बाढीले नेपाल–चीन सीमास्थित मितेरी पुल बगाएको थियो । 

    गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको मन्त्री दाहालको भनाई थियो । दहालका अनुसार, रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij