भारतको हरिद्वारस्थित मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

भारतको हरिद्वारस्थित मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • भारतको हरिद्वारस्थित मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

    काठमाडाैं । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

    हिन्दूधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।
     
    “छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,” शहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताए ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताएका छन् ।  

    “यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,” उनले भने ।

    धार्मिक चाडहरूमा घातक भागदौड र भीडभाडका कारण यस्ता दुखद् घटना हुने गरेका छन् । 

    गत जुन महिनामा तटीय राज्य उडिसामा एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका थिए ।

    अघिल्लो महिना पश्चिमी राज्य गोवामा एक लोकप्रिय अग्नि लिएर गरिने पैदल अनुष्ठानको लागि हजारौं मानिसहरू भेला भएका बेला घटेको यस्तै घटनामा तीन जनाको मृत्यु भएको थियो ।

    जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij