ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ
    काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र  २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 
     
    पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले राससलाई जानकारी दिए । उनले भने, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”
     
    विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ 
     
    वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
     
    पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भई हाल काठमाडौँ–३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । 
     
    उनले भने, “पक्राउ परेकामध्ये जुनुले स्लोभाकिया पठाइदिने भन्दै रु तीन लाख १० हजार र सुदीपले सर्बिया पठाइदिने भन्दै रु १८ लाख ५४ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij