करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

शनिवार, श्रावण ३ २०८२
शनिवार, श्रावण ३ २०८२
  • करेन्ट लागेर महिलाको मृत्यु
    राजविराज (सप्तरी) । अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ । 
     
     स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए । 
     
    उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो  । करेन्ट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । 
     
    राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा  एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जनाकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij