बाग्मती प्रदेशसभाबाट दुई विधेयक प्रमाणीकरण

बाग्मती प्रदेशसभाबाट दुई विधेयक प्रमाणीकरण

सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • बाग्मती प्रदेशसभाबाट दुई विधेयक प्रमाणीकरण
    मकवानपुर । बाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित भइआएको दुईवटा अर्थसम्बन्धी विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । 
     
    आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ तथा प्रदेश सरकारको अर्थ प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको सचिवालयका कानुन अधिकृत प्रकाश चौलागार्इंले जानकारी द्रिए। विधेयक प्रमाणीकरण गरिएपछि अब बाग्मती प्रदेश सरकारका लागि आगामी साउन १ गतेदेखि सञ्चित कोषबाट रकम खर्च गर्ने र प्रदेशभित्र राजस्व सङ्कलन गर्नेतर्फ अधिकार प्रत्यायोजित भएको उनले बताए ।
     
    विधेयक प्रमाणीकरण भएलगत्तै प्रदेश सरकारका लागि अब प्रदेश विनियोजन ऐन २०८२ र प्रदेश आर्थिक ऐन २०८२ कार्यान्वयनमा आउने कानुन अधिकृत चौलागार्इंले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij