युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे छन् ।

    पक्राउ परेकामध्ये सजुले सर्बिया पठाइदिन्छु भन्दै तीन जनाबाट २० लाख रुपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै एक जनाबाट १६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।


    रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मङ्गलबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।


    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij