टी–२० विश्वकप छनोटमा नेपालको समुहमा कुवेत र जापान

टी–२० विश्वकप छनोटमा नेपालको समुहमा कुवेत र जापान

बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • टी–२० विश्वकप छनोटमा नेपालको समुहमा कुवेत र जापान

    काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार नेपालले समूह ‘बी’मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। 


    यस्तै समूह ‘ए’मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। १० दिनसम्म चल्ने प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहमा तीन टिम रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सका खेल जुन १२ देखि १७ अक्टोबरसम्म खेलिनेछ। सुपर सिक्सको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि स्थान बनाउनेछन्।

    सन् २०२४ को उप–क्षेत्रीय छनोट पार गरेका कुवेत, मलेसिया, युएई, कतार, जापान र सामोआ  नेपाल, पपुवा न्युगिनी र आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछन्। यीमध्ये ओमान, नेपाल, पपुवा न्युगिनी र युएई पहिले नै पुरुष टी–२० विश्वकपमा खेलिसकेका टोली हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij