श्रीमती, सासूससुरा र सालो गरी चारको हत्या

श्रीमती, सासूससुरा र सालो गरी चारको हत्या

आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • श्रीमती, सासूससुरा र सालो गरी चारको हत्या

    काठमाडौं । भोजपुरमा एकजनाले श्रीमती, सासूससुरा र सालोको हत्या गरेका छन् । जिल्लाको रामप्रसादराई गाँउपालिका–२ धोर्लेखानीका राजेन्द्र राईले श्रीमती, सासूससुरा र सालोसहित चारजनाको हत्या गरेका हुन्। 

    जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले गएराती ससुरा वेलबहादुर गिरी, सासू मञ्जु, श्रीमती मनिषा  र सालो सपन गिरीको हत्या गरेका हुन्। राईले घरायसी झगडाका क्रममा राति साढे १२ वजे धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । 

    ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको  राईले प्रहरीसमक्ष प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल भोजपुरमा उनको उपचार भइरहेको जनाइएको छ। प्रहरीको टोलीले घटनाको थप अनुसरन्धान गरिरहेको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij