यू–१६ इस्ट जोन कप फाइनल : सिङ्गापुरले नेपाललाई १ सय १४ रनको लक्ष्य दियो

यू–१६ इस्ट जोन कप फाइनल : सिङ्गापुरले नेपाललाई १ सय १४ रनको लक्ष्य दियो

शनिवार, आषाढ २१ २०८२
शनिवार, आषाढ २१ २०८२
  • यू–१६ इस्ट जोन कप फाइनल : सिङ्गापुरले नेपाललाई १ सय १४ रनको लक्ष्य दियो

    काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा उपाधि जित्न सिङ्गापुरले नेपाललाई एक सय १४ रनको लक्ष्य दिएको छ । मलेशियाको बाङ्गीमा चलिरहेको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर पाँच बलमा एक सय १३ रन बनाउँदा अलआउट भयो ।

    सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३, कप्तान रियान नाइकले १५, वेदनाश गुप्ताले अविजित १२ र आकाश तेजाले १० रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान तीन विकेट लिए । यस्तै शुभम खनालले तीन र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।

    नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेट र सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए । समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij