एसिसी यू–१६ इस्ट कप क्रिकेट : नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

एसिसी यू–१६ इस्ट कप क्रिकेट : नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • एसिसी यू–१६ इस्ट कप क्रिकेट :  नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

    काठमाडौँ । एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा मलेसियाले नेपाललाई जितको लागि ९१ रनको सामान्य लक्ष्य दिएको छ । 

    क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । 

    मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी कप्तान दियाज पात्रोले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी सुभम खनालले तीन विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १÷१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij