एसिसी पुरुष  यु–१६ : नेपाल बलिङ गर्दै

एसिसी पुरुष  यु–१६ : नेपाल बलिङ गर्दै

बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • एसिसी पुरुष  यु–१६ : नेपाल बलिङ गर्दै

    काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष  यु–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ ।

    मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको टसमा   नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिला बलिङ रोजेका छन् । 

      नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

    समूह चरणमा नेपालले सङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको  छ । मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ । माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो ।

    अघिल्लो संस्करणमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।  एसिसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij