आईसीसी वरीयतामा सुधारियो रुबिना र पूजाको स्थान

आईसीसी वरीयतामा सुधारियो रुबिना र पूजाको स्थान

मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • आईसीसी वरीयतामा सुधारियो रुबिना र पूजाको स्थान

    काठमाडौं । आईसीसी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालका रुबिना क्षेत्री र पूजा महतोले एक/एक स्थान सुधार गरेका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० वरीयताको अलराउन्डरतर्फ रुबिना एक स्थान सुधार गर्दै ९४औं र पूजा एक स्थान सुधार गर्दै ९६औं स्थानमा उक्लिएका छन् । यस्तै कप्तान इन्दु वर्मा एक स्थान झर्दै ८१औं र सीता मगर ६९औं स्थानमा यथावत् छन् ।

    यो वरीयतामा वेस्ट इन्डिजकी हेली म्याथ्युज शीर्ष, न्युजिल्यान्डकी अमेलिया केर दोस्रो र भारतकी दिप्ती शर्मा तेस्रो स्थानमा यथावत् छन् ।

    टी–२० बलिङ वरीयतामा नेपालकै कुनै पनि खेलाडी शीर्ष १०० मा परेका छैनन् । यो वरीयतामा पाकिस्तान सादिया इकबाल शीर्ष स्थानमा यथावत् रहँदा अस्ट्रेलियाकी अनाबेल सुथरल्यान्ड एक स्थान सुधार गर्दै दोस्रो र भारतकी दिप्ती शर्मा एक स्थान तल झर्दै तेस्रो स्थानमा छन् ।

    टी–२० ब्याटिङ वरीयतामा सीता राना दुई स्थान तल झर्दै १००औं स्थानमा झरेकी छिन् । यो वरीयतामा अस्ट्रेलियाकी बेथ मुने शीर्ष र वेस्ट इन्डिजकी हेली म्याथ्युज दोस्रो स्थानमा यथावत् रहँदा भारतकी स्मृति मान्धाना एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएकी छिन् ।

    टी–२० वरीयतामा नेपाली महिला टोली २१औं स्थानमा यथावत छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij