विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौँ । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै  ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
     
    दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
     
    उनले भने, “पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट रु ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट रु छ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”
     
    पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij