पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध
    किमाथाङ्का(सङ्खुसवासभा) । सुक्खा पहिरोेका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । 
     
    मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए ।
     
    आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । जसका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्घ हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए । 
     
    फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij