नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध

नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध

मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
    मुग्लिन (चितवन) । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । 
     
    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 
     
    उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij