स्कटल्याण्डमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

स्कटल्याण्डमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • स्कटल्याण्डमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

    काठमाडौं । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शृङ्खलाका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा रुपेश र किरण समेटिएका हुन् ।

    नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ । टोलीमा लोकेश बमले पुनरागमन गर्नेछन् ।

    तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।

    स्कटल्याण्डमा हुने टी–२० शृङ्खलाको पहिलो खेलमा भोलि घरेलु टोली र नेदरल्यान्ड्सबीच खेल हुनेछ । नेपालले पर्सि सोमवार नेदरल्यान्ड्ससँग खेल्दै शृङ्खलाको शुरुआत गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij