काठमाडौं । स्कटल्यान्डमा जारी आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। लिग २ को चौथो श्रृङ्खलामा नेपालले आज तेस्रो खेल स्कटल्यान्डसँग खेल्न लागेको हो।
नेपाली समयअनुसार पौने ४ बजे स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा खेल सुरु हुनेछ। यस अघिका दुवै खेल नेपालले जितेकाले स्कटल्यान्ड आज नेपालसंग खेल्दा दवावमा हुनेछ ।
पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। १४ खेलमा चार खेलमा जित र दुई खेल अर्निणित हुंदा नेपालले १० अंक जोडेको छ ।
नेपाल तालिकाको सातौं स्थानमा रहेको छ। स्कटल्यान्ड भने १८ खेलिसक्द १० खेलमा जित ६ हार र २ खेल रद्ध हुँदा २२ अंक जोड्दै चौथो स्थानमा रहेको छ। एकदिवसीय मान्यता जोगाउँदै विश्वकमा छनोट हुन नेपाललाई लिग टु का हरेक खेल जित्नैपर्ने दबाब छ।