भद्रपुर । झापामा भएको सवारी दुर्घट्नामा परेर सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–३ सानो केर्खा नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी प्रहरी बल नेपालको इलाम (बिओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।