विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल  नेपाली समयअनुसार आज दिउँसो ३ः४५ मा सुरु हुने छ ।

    लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको  दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।

    यस शृङ्खलाको पहिलो खेलमा नेदरल्यान्ड्स पनि सुखद् सुरुआतको लक्ष्यमा हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले  तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।

    विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अङ्कका साथ दोस्रो स्थानमा छ । तेह्र खेल खेलेको नेपाल आठ अङ्कका साथ सातौँ स्थानमा छ ।  आठ टोली सहभागी लिग–२ आइसिसी  विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।

    सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख रहेका छन् । त्यसैगरी अनिलकुमार शाह  भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल नेपाली टिममा रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij