काठमाडौं । इण्डियन प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बेङ्लुरुले जितेको छ । पञ्जाव किंग्सलाई ६ रनले पछिपार्दै बेङ्लुरुले पहिलोपटक उपाधि जितेको हाे ।
टस हारेर पहिले ब्याटिङमा गरेको बेङ्लुरुले ९ विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएकाे पञ्जाव किंग्सले सात विकेटको क्षतिमा १८४ रन मात्र बनाउन सक्यो ।
बेङ्लुरुका लागि फिल्ट साल्ट १६, विराट कोहली ४३, मयन्क अग्रवाल २४, कप्तान रजत पातिदर २६, लियम लिभिङ्स्टोन २५, जितेस शर्मा २४, रोमारियो सेफर्ड १७ रन बनाए ।
पञ्जावका लागि अर्शदिप सिंह, कियल जामियसनले क्रमश तीन/ तीन विकेट लिए भने अज्मतुल्लाह ओमर्जाइ, विजय कुमार र युजुन्द्र चाहालले समान एक एक विकेट लिए ।
त्यस्तै पञ्जावका लागि प्रियन्श अर्या २४, प्रभसिमरन सिंह २६, जोश इङ्लिश ३९, नेहाल वधेरा १५, शशांक सिंह ६१, अज्मतुल्लाह ओमर्जाइ १ रन बनाए ।
बेङ्लुरुको लागि भुवनेश्वर कुमार र क्रुनाल पाण्डेले समान दुई/ दुई विकेट लिए ।
त्यस्तै यश दयाल, जोश हेजलवुड र रोमारियो सेफर्डले समान एक एक विकेट लिए । बेङ्लुरु चौथो तथा पञ्जाव दोस्रो पटक फाइनल खेलेका थिए ।
यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । त्यसैगरी पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले हराएको थियो ।