मुम्बईलाई हराउँदै पन्जाब आइपिएलकाे फाइनलमा

मुम्बईलाई हराउँदै पन्जाब आइपिएलकाे फाइनलमा

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • मुम्बईलाई हराउँदै पन्जाब आइपिएलकाे फाइनलमा

    काठमाडौ । मुम्बईलाई हराउँदै पन्जाब आइपिएलकाे फाइनलमा पुगेको छ । साेमबार बिहान सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै पञ्जावले बेगलाेरसंगकाे भेट पक्का गरेको हाे । 

    पञ्जावके जितसँगै आइपिएलले यस सिजन नयाँ च्याम्पियन पाउने पक्का भएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्य पन्जाबले १ ओभर बाँकी छंदै ५ विकेटको क्षतिमा पूरा गर्यो । 

    पन्जाबकाे जितमा कप्तान श्रेयस ऐर नायक बने । उनले ४१ बलमा ५ चौका र ८ छक्कासहित नटआउट ८७ रन बनाए । नेहाल वाधेराले २९ बलमा ४८ रनको योगदान दिए । 

    मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १-१ विकेट हात पारे । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । 

    मुम्बईका कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । 

    बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे । सूर्यकुमार यादवले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे । तिलकले २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए । 

    पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १-१ विकेट लिए । पहिलो क्वालीफायरमा पन्जाबलाई ८ विकेटले हराउँदै  बेंगलोरले उपाधिका लागि भाेली पञ्जावकाे सामना गर्ने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij