बेंगलुरु आईपीएलको उपाधि नजिक, पञ्जाव ८ विकेटले पराजित

बेंगलुरु आईपीएलको उपाधि नजिक, पञ्जाव ८ विकेटले पराजित

शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • बेंगलुरु आईपीएलको उपाधि नजिक, पञ्जाव ८ विकेटले पराजित

    काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलको उपाधि नजिक पुगेको छ ।  बिहीबारराती सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई ८ विकेटले हराउँदै बेंगलुरुले फाइनलमा स्थान पक्का  गरेको हे । 

    पञ्जाबले दिएको १०२ रनको सामान्य लक्ष्य बेंगलुरुले १० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । बेंगलुरुका फिलिप साल्टले अविजित ५६ रन बनाए । मयंक अगरवालले १९ रन बनाउँदा कप्तान रजत पाटिदार १५ रनमा अविजित रहे । 

    पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले १(१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब १४।१ ओभरमा १०१ रनमा अलआउट भएको थियो । पञ्जाबका मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए । 

    प्रभसिमरन सिंह र अजमतुल्लाह ओमरजाइले समान १८ रन जोडेका थिए  । बेंगलुरुका लागि जोश हेजलवूड र सुयाश शर्माले समान तीन विकेट लिँदा यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेपहर्डले समान एक विकेट लिए ।

    बेंगलुरु पछिल्लोपटक सन् २०१६ को संस्करणमा फाइनलमा पुगेको थियो । त्यसयता ४ पटक प्लेअफमा पुगेपनि फाइनल भने पुग्न सकेको थिएन । हारका बाबजुद पञ्जाबलाई फाइनल पुग्न अर्को एक मौका हुनेछ । पञ्जाबले अब एलिमिनेटरमा शुक्रबार हुने गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij