बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बस्ने

बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बस्ने

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बस्ने
    मकवानपुर । बागमती प्रदेशसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११ः०० बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार सार्वजनिक गरेका थिए । 
     
    प्रदेशसभाको यही जेठ १९ गते बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमका लागि पूर्ण छलफल प्रारम्भ हुने जनाइएको छ । सो नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ १९, २० र २१ गतेको समय तोकिएको र सोही बैठकमा क्रमशः विशेष समय र शून्य समयको कार्यसूची रहने प्रदेशसभाको सचिव रामकुमार पौडेलले जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij