बेंगलुरु क्वालिफायर–१ मा, फाइनलमा पुग्न भोली पञ्जाबसँग भिड्ने

बेंगलुरु क्वालिफायर–१ मा, फाइनलमा पुग्न भोली पञ्जाबसँग भिड्ने

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • बेंगलुरु क्वालिफायर–१ मा, फाइनलमा पुग्न भोली पञ्जाबसँग भिड्ने

    Lagani board.jpgकाठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएल क्वालिफायर–१ मा स्थान बनाएको छ। आईपीएल इतिहासकै तेस्रो ठूलो लक्ष्य पछ्याउँदै बेंगलुरुले क्वालिफायर–१ मा स्थान बनाएको हो।  मंगलवारराती सम्पन्न लिगको अन्तिम खेलमा लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै बेंगलुरुले पञ्जावसंगको भेट पक्का गरेको हो।

    बेंगलुरुले आईपीएलमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै २२८ रनको विशाल लक्ष्य १८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । बेंगलुरुको जितमा कप्तान जितेश शर्मा नायक बने । उनले ३३ बलमा अविजित ८५ रनको विस्फोटक पारी खेले।

    यस्तै, मयंक अग्रवालले पनि २३ बलमा अविजित ४१ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए। यी दुईबीच १०७ रनको प्रभावशाली साझेदारी भएको थियो। विराट कोहलीले ५४ रन बनाएर टोलीलाई बलियो सुरुवात दिलाएका थिए। कोहलीले यो सिजनमा आठौँ र समग्रमा ६३औँ आईपीएल अर्धशतक प्रहार गर्दै  आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको सूचीमा दर्ता भए । यस अघि डेभिड वार्नर ६२ अर्धशतकको कीर्तिमान बनाएका थिए ।


    बेंगलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जवाफमा, लखनऊले २० ओभरमा ३ विकेटका ेक्षतिमा २२७ रनको विशाल योगफल खडा गरेका थियो। लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रनको शानदार पारी खेलेका थिए । उनले ११ चौका र ८ छक्का हिर्काए । मिचेल मार्शले पनि ६७ रनको अर्धशतकीय पारी खेले । 

    यो जितसँगै बेंगलुरु १९ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बेंगलुरुले जेठ १५ मा फाइनल प्रवेशका लागि पञ्जाब किंग्ससँग क्वालिफायर–१ खेल्नेछ। यसअिघ लिगको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै क्वालिफायर–१ मा स्थान पक्का गरेको थियो। बिहिवाररातीको खेल जित्ने टोली फाइनलमा पुग्ने छ भने हार्ने टोलीले पुन अर्को एलिमिनेटरमा जितेको टोलीसँग भिड्नेछ  ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij