थाइल्याण्डसँगको खेल्न नेपाली महिला टोलीको घोषणा

थाइल्याण्डसँगको खेल्न नेपाली महिला टोलीको घोषणा

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • थाइल्याण्डसँगको खेल्न नेपाली महिला टोलीको घोषणा

    काठमाडौं । थाइल्याण्डसँगको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

    नेपाल र थाइल्याण्डबीच बैंककमा दुई वटा खेल हुनेछ । पहिलो खेल मे ३० तारिखमा बन्द रङ्गशालामा हुनेछ । अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुन २ तारिखमा हुनेछ । नेपालले एएफसी महिला एशियन कप छनोटको तयारीका लागि खेल्न लागेको हो । छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । नेपाल रहेको समूहमा लाओस, श्रीलङ्का र उज्बेकिस्तान छन् ।

    नेपाली टोली
    गोलकिपर : अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ
    डिफेन्डर : गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे
    फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी
    मिडफिल्डर : रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij