ललितपुर । बाढी पहिरो शुरु हुने समय नजिकिदै जाँदा ललितपुरको गादावरी नगरपालिकामा विपद व्यवस्थापन तालिमको आयोजना गरिएको छ । गोदाबरी नगरपालिकाको तालिम कक्षमा स्थानिय विपद व्यवस्थापन समितिका सदस्यहरुलाई एक दिने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिम दिइएको हो ।

ग्रुप फर टेक्निकल एसिस्टेन्सको आयोजनामा आयोजित तालिममा मधुसुदन थापाले विपत जोखिम र त्यसबाट हुने क्षति न्युनिकरणगर्न खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी दिएका थिए । नगर प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका सचिव भोला चौधरीले तालिमको उदेश्य माथि प्रकाश पारेका थिए ।

तालिममा नगरपालिकाका सबै वडा अध्यक्षहरु, नगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत तथा समितिका सदस्यको उपस्थिती रहेको थियो । सचिव चौधरीका अनुसार, नगरपालिकामा आउँन सक्ने सम्भावित विपदका क्षेत्र, त्यसको जोखिम न्युनिकरण तथा व्यवस्थापनका बिषयमा तालिम लक्षित रहेको थियो ।

गत असोज ११ र १२ गतेको भिषण बाढी पहिरो जस्ता अन्य विपदजन्य घटनाहरुबाट हुने जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने वारेमा तालिम केन्द्रित रहेको थियो । कार्यक्रममा नगरपालिकाको विपद जोखिम न्युनकिरण तथा व्यवस्थापन वारे तयार पारिएको पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम लगायतका योजना माथि पनि छलफल गरिएको थियो ।