गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी, तीन जना घाइते

गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी, तीन जना घाइते

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी, तीन जना घाइते

    काठमाडौं । काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना भएको छ । गौशालाको पिंगलास्थाननजिक बुधबार बिहान १०ः५५ मा बजे गौशालाबाट तिलगंगातर्फ जाादै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । 

    बस दुर्घटना हुँदा बाबा गोकर्णेश्वर यातायातको बसलगायत आठवटा सवारी साधनमा क्षति भएको छ । क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१प २२ नंको मोटरसाइकल, र बाप्र–०२–०४६प ४८१९ नंको स्कुटर छन् । 

    दुर्घटनामा परेर जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई हाल काठमाडौंको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ घर भई हाल टोखा बस्ने २२ वर्षीय विकास कट्टेल र खोटाङको हलेसी घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् । 

    घाइतेहरूलाई उपचारका निम्ति सिनामंगल स्थित केएमसी अस्पताल पठाइएको छ । बस चालक भने फरार रहेको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij