बेपत्ता युवकको जङ्गलमा शव भेटियो

बेपत्ता युवकको जङ्गलमा शव भेटियो

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • बेपत्ता युवकको जङ्गलमा शव भेटियो
    बागमती । विगत छ दिनदेखि बेपत्ता मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका एक युवकको शव नजिकैको जङ्गलमा फेला परेको छ । 
     
    यही वैशाख ३१ गतेदेखि बेपत्ता स्थानीय ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव मनहरी गाउँपालिका–५ कोइराला डाँडास्थित थली जङ्गलमा शव फेला परेको हो । घरमा कसैलाई नसोधी घरबाट हिँडेकामा खोजतलास गर्ने क्रममा घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिणतर्फ रहेको जङ्गलमा सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 
     
    उनको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij