काठमाडौं । नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । नेपालले सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान सुनिश्चित गरेको हो ।
यूएई दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो। सोमबार सुपर ३ अन्तर्गत थाइल्याण्डमा स्रम्पन्न खेलमा यूएईलाई पछि पार्दै नेपाली महिला क्रिकेट टोलीले इतिहांस रचेका हुन् ।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । यूएईकी कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए । नेपालले अब मंगलबार थाइल्याण्डसँग छानौट चरणको अन्तिम खेल खेल्ने छ ।