यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

    काठमाडौं । आईसिसी महिला ट्वी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ मा  नेपाल र युएईको खेल जारी छ। 

    थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो।

    यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। उनले ३९ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ३९ रन बनाएकी हुन्। यस्तै अर्की ओपनर तीर्था सतिशले २१ रन बनाइन्।  यस्तै लावन्य केनीले १२ रन बनाउँदा हिना होच्दानी २० रनमा आउट भइन्। 

    नेपालकी मनिशा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट लिए। १ सय १५ रनको विजयी लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ। 

    यो खेलमा जित निकाल्ने टोलीले आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। त्यसैले दुवै टोली जित्ने पर्ने दबाबमा छन्।

    सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij