गुजरातले दिल्लीलाई हराउँदा तीन टाेली पुगे प्लेअफमा, अब कस्काे सम्भावना ?

गुजरातले दिल्लीलाई हराउँदा तीन टाेली पुगे प्लेअफमा, अब कस्काे सम्भावना ?

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • गुजरातले दिल्लीलाई हराउँदा तीन टाेली पुगे प्लेअफमा, अब कस्काे सम्भावना ?

    काठमाडौं । गुजरात टाइटान्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको शानदार जित निकाल्दै आइपिएलकाे प्लेअफमा स्थान पक्का गरेको छ । आइतबार राति सम्पन्न भएको दोस्रो खेलमा दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा बिना  विकेटको क्षतिमा पूरा गर्दै शीर्ष स्थानमा उक्लिएकाे हाे ।

    गुजरातका लागि ओपनरद्वय साइ सुदर्शन र  कप्तान शुभमन गिलले अविजित २०५ रन बनाएका थिए । सुदर्शन ६१ बलमा १२ चौका र ४ छक्कासहित १०८ रन र कप्तान गिल ५३ बलमा ३ चौका र ७ छक्कासहित ९३ रनमा अविजित रहे। 

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो । दिल्लीका लागि पनि ओपनर केएल राहुलले अविजित ११२ रनको शतकीय पारी खेले । 

    अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन बनाए । गुजरातका अर्शद खान, प्रसिध कृष्णा र साइ किशोरले १-१ विकेट लिए । 

    जितपछि गुजरातको १२ खेलमा १८ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । बेंगलुरु र पञ्जाब समान १२ खेलमा १७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

    याे नतिजासंगै बेंगलुरु र पञ्जाब पनि प्लेअफका लागि छनोट भएका छन् । 

    यसअघि आजको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १० रनले हराउँदै प्लेअफको नजिक पुगेको थियो । बेलुकाको नतिजाले तीनवटै टिमले प्लेअफ खेल्ने पक्का भएको हो । 

    अब मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स  र लखनउ सुपर जायन्ट्समध्ये एक टोलीले प्लेअफमा स्थान बनाउन सक्ने सम्भावना रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij