पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जना रहेका छन् । 

    उनिहरूलाई  प्रहरीले शनिबार नगदसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

    खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताउँदै थप अनुसन्धान अघि बढाइएको बताए । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए ।

    यसैबिच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै जुवातास खेल्नेहरू पक्राउ परेको सूचना आफूले पाएको बताएका छन् । डा. थापाले प्रहरी अनुसन्धान सकिएपछि कोषको कर्मचारी सेवा नियमावलीअनुसार उनीहरूमाथि कारबाही अघि बढाइने प्रस्ट पारे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij