नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा

    काठमाडौँ । भाग्यमानी बन्दै नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर(३ मा प्रवेश गरेको हो । 

    नेपालले ४ खेलमा २ मा जीत, १ मा बराबरी र १ मा नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो । हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अंक जोडेको छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अंक जोडेर पुछारमा रह्यो । 

    महिला टी-२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् । नेपालले सुपर(थ्रीमा बलिया टोली यूएई र थाइल्यान्डसँग खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij