बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कारको ठक्करबाट तीन वर्षका बालक शिवांस झाको मृत्यु भएको हो ।

    बानेश्वरनजिकैको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।

    कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । मृतक बालकका बुबा आलोक कुमार लामो सयमदेखि बानेश्वरमा डेरा गरी बस्दै आएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij