बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर लामिछानेलाई सजाय तोक्न आज पेसी

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर लामिछानेलाई सजाय तोक्न आज पेसी

बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर लामिछानेलाई सजाय तोक्न आज पेसी

    काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आज पेसी तोकिएको छ । 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको ठहर अदालतको छ ।

    अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो । सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता बमोजिम कसुर गरेको अदालतको ठहर छ ।

    मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ’ङ’ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरे ७ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । सात देखि १० वर्षसम्म कैद हुने मुद्धामा बाहिर बसेरै माथिल्लो अदालतमा अपिल गर्न सकिने व्यवस्था छ । सोहि बमोजिम लामिछानेका कानुुन व्यवसायीले फैसलाको पुर्ण पाठ आए लगत्तै उच्च अदालतमा अपिल गर्ने बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij