काठमाडौं । भारत पाकिस्तानबीचको द्धन्दले रोकिएको आइपीएल शनिवार १७ मेबाट पुनः सुचारु हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले एक विज्ञप्ति जारी गर्दै १७ मेबाट आइपीएल पुनः सुचारु हुने जानकारी दिएको हो।
नयाँ तालिका अनुसार, १७ मेबाट सुरु हुने आइपीएल जुन ३ मा सकिनेछ। भारत र पाकिस्तानबीचको सीमा तनावका कारण ८ मेमा भइरहेको खेल पनि बीचमा रोकी त्यसपश्चात् खेल अनिश्चितकालका लागि रद्द गरिएको थियो।
नयाँ तालिकामा बाँकी बाँकी १७ खेल छ स्थानमा खेलाइने उल्लेख छ। खेलहुने स्थानमा बैंग्लोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद रहेका छन् । आइपीएलमा अब १३ लिग म्याच र चारवटा प्लेअफका खेलहरू बाँकी रहेका छन्।
तालिका अनुसार, ८ मेमा रङ्गशालाका लाइटहरू बन्द भइ रद्द भएको पन्जाब किङ्स र दिल्ली क्यापिटल्स बीचको खेल पुन खेलाइनेछ। यो खेल २४ मेमा जयपुरमा हुनेछ । पहिलो क्वालिफायर मे २९ मा खेलाइनेछ भने एलिमिनेटरको खेल मे ३० मा, दोस्रो क्वालिफायर जुन १ मा र फाइनल ३ जुनमा हुने तालिकामा उल्लेख छ।