भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

    काठमाडौं। पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले यसबारे जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दई मुलुक युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए । पाकिस्तानी विदेशमन्त्री इशक दारले पनि युद्धविरामको पुष्टि गरेका छन् ।

    उनले जमिन, आकाश र समुद्रमा सबै किसिमका लडाईँ र सैन्य गतिविधि रोकिने जानकारी दिए । उनले दुबै पक्षलाई यसबारे जानकारी दिइएको पनि उल्लेख गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij