पनौतिका जनप्रतिनिधिलाई विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिम

पनौतिका जनप्रतिनिधिलाई विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिम

आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • पनौतिका जनप्रतिनिधिलाई विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिम

    काभ्रे । पनौती नगरपालिकाका स्थानिय विपद व्यवस्थापन समितिका सदस्यलाई एक दिने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिमको आयोजना गरिएको छ । नगरपालिकामा विपद न्युुनिकरण गर्ने उदेश्यसहित ग्रुप फर टेक्निकल एसिस्टेन्स ललितपुरले सो तालिम कार्यक्रमको आयोजना गरेको हो । 

    शुक्रवार पनौती नगरपालिकाको तालिम हलमा आयोजित तालिम कार्यक्रमको अध्यक्षता नगर प्रमुख रामशरण भण्डारीले गरेका थिए । पनौती नगरपालिकाका सबै वडाअध्यक्ष, पालिकाका बिभागीय प्रमुखको सहभागिता रहेको तालिममा प्रशिक्षक मधुसुदन थापाले प्रशिक्षण प्रदान गरेका थिए । 

    bhola.jpg

    तालिम अत्यन्त उपयोगी रहेको बताउँदै नगर प्रमुख भण्डारीले प्रशिक्षणमा सिकाइएका बिषय बस्तुहरु विपद जोखिमका बिषयहरुमा लक्षित रहेको बताए । तालिमका संयोजन एवं ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोला नाथ चौधरीका अनुुसार, बाढी, पहिरो, भुकम्प, आगोलागी लागायतका विपदजन्य घटनाहरुबाट हुने जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयवस्तुमा प्रशिक्षण केन्द्रित रहेको थियो । 

    कार्यक्रममा नगरपालिकाको विपद जोखिम न्युनकिरण तथा व्यवस्थापन वारे तयार पारेको योजना माथि पनि छलफल गरिएको थियो । पानौति नगरपालिकाले कार्यक्रममा प्राप्त सुझाव सल्लाहलाई समेटेर विपद् व्यवस्थापनका क्षेत्रमा थप रणनीति तयार गर्ने  नगर प्रमुख भण्डारीले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij