काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले टी–२० विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि थाइल्याण्डको बैंककमा विश्वकप एसिया छनोट खेल्दैछ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले हङकङको सामना गर्नेछ ।
थाइल्याण्डको एसियन टेक्नोलोजी खेल मैदानमा हुने खेल बिहान सवा ८ बजेसुरु हुनेछ। ९ टोली सहभागी छनोटमा नेपाल रहेको समुह सीमा हङकङ र बहराइन छन्। नेपालले दोस्रो खेलमा शनिवार बहराइनसँग खेल्नेछ ।
नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ । समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् ।
‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् । थाइल्यान्ड जानुअघि नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको थियो । क्रिकेट खेल्न थालेको २ दशक पुग्न लाग्दा पनि नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न सकेको छैन ।